काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलको उपाधि आशामा धक्का पुगेको छ । गएराति एभर्टनसँग १-१ गोलको बराबरी खेल्दा आर्सनलको उपाधि जित्ने आशा कमजोर बनेको हो ।
खेलको पहिलो हाफको ३४औं मिनेटमा आर्सनलका लिआन्ड्रो ट्रोसार्डले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि जोगाउन भने सकेनन् । ४९औँ मिनेटमा एलियाम एनडियायको पेनाल्टी गोलमा एभर्टन खेलमा फर्किएको थियो । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे ।
आर्सनलको यो बराबरीको फाइदा अब अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुललाई भएको छ । लिभरपुललाई च्याम्पियन बन्न अब ८ खेल बाँकी छदाँ मात्र ११ अंक आवश्यक छ । आर्सनल ३१ खेलबाट ६२ अंकसहित दोस्रो स्थानमा छ । यता एक खेल कम खेलेको लिभरपुल ७३ अंकसहित उपाधिनजिक छ।





























प्रतिक्रिया