विश्वकप एसिया छनोटः अफगानिस्तानले १६ ओभरमा बनायो ४० रन, नेपालको नाममा ४ विकेट

विश्वकप एसिया छनोटः अफगानिस्तानले १६ ओभरमा बनायो ४० रन, नेपालको नाममा ४ विकेट

केन्द्रबिन्दु
261
Shares

काठमाडौं । नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ । हाल ताजा अवस्थामा अफगानिस्तानले १६ ओभरको समाप्तिमा मात्रै ४० रन जोड्न सकेको छ, त्यो पनि ४ विकेटको क्षतिमा । नेपाली बलर चम्किँदा आज अफगानिस्तानको ब्याटिङ चलेको छैन ।

यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेल्न लागेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । यदि नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि अफगानिस्तानले जित्ने छ । त्यसैले पनि आज नेपाललाई जित्नैपर्ने दबाब छ ।

अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

Logo