काठमाडौं । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपाल ले आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ।
“४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४० प्रतिशतसम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीकाे भनाइ छ ।
एलजी नेपालका उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू— टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागू हुनेछ।
यस विशेष योजनाअन्तर्गत उपभोक्ताहरूले पाउन सक्ने सुविधाहरू
-४० प्रतिशतसम्मको क्यासब्याक
-प्रत्येक खरिदमा पक्का उपहार
-अन द स्पोट ईएमआई र एक्सचेन्जको सुविधा
एलजी थिनक्यू टेक्नोलोजीद्वारा सञ्चालित स्मार्ट उपकरणहरू मार्फत एलजी नेपालले
नेपाली उपभोक्ताको जीवनशैलीलाई अझ सहज र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।
सिजी इलेक्ट्रोनिक्स का मार्केटिङ् तथा कम्युकेसन हेड गौरव हमालले भने, “४ दशकसम्म हामीमाथि भरोसा गर्नु हुने सम्पूर्ण नेपाली परिवारप्रति हाम्रो कृतज्ञता प्रकट गर्न नयाँ वर्षको अवसर पारेर यस योजना ल्याइएको हो। हामी भविष्यमा पनि नवीन प्रविधि र भरपर्दो सेवामार्फत तपाईँहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने छौँ।”
यो योजना एलजी शोरूम, आधिकारिक डिलर र सिजी डिजिटल का सम्पूर्ण शाखाहरूमा लागु हुनेछ। यो योजना चैत्र २१ गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्य भरी लागू हुनेछ।
चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् । साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ । एलजी गुणस्तर, ऊर्जा दक्षता र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० प्लस देशमा उपलब्ध छन्।































प्रतिक्रिया