नायक विपिन कार्की (भस्मे डन’ दुर्घटनामा परेका छन् । आज बिहान उनी चलचित्र ‘जात्रै जात्रा’ को छायांकनमा जाने क्रममा कालिमाटीमा बाइक दुर्घंटनामा परेका हुन् ।
उनी चढेको बाइकलाई अर्को बाइकले ठक्कर दिएको थियो । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा उपचार भईरहेको छ । निर्देशक प्रदीप भट्टराईले दुर्घटनामा परेर विपिनको दाहिने खुट्टामा चोट लागेको बताए ।
उनलाई ठक्कर दिने बाइक चालक भने फरार छन् । फागुन २७ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘जात्रै जात्रा’को छायांकन रोकिएको छ । उनी दुर्घटनामा परेकोले गर्दा चलचित्रको छायांकन रोकिएको हो । चलचित्रको छायांकन रोकिएपछि प्रदर्शन मिति सर्ने सम्भावना देखिएको छ।
उनी अभिनित चलचित्र ‘प्रसाद’ भने प्रर्दशनको तयारीमा रहेको छ ।





























प्रतिक्रिया