न्युक्यासलको सहज जित, लेस्टर सिटीलाई रेलिगेसनमा पर्ने खतरा

न्युक्यासलको सहज जित, लेस्टर सिटीलाई रेलिगेसनमा पर्ने खतरा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई उसकै मैदानमा ३-० गोलअन्तरले हराएको हो ।

न्यूक्यासलका लागि ज्याकोब मर्फीले २ गोल गरे भने हार्भे बर्नेसले एक गोल गरे । तीनै गोल पहिलो हाफमै सम्भव भएको थियो ।

यो जितसँगै न्युक्यासलले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाउँदा लेस्टर सिटीको भने रेलिगेसनमा पर्ने खतरा अझै बढेको छ। न्युक्यासल ३० खेलमा ५३ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । च्याम्पियन्स लिगमा स्थान बनाउने दौडमा न्युक्यासलसँगै म्यानचेष्टर सिटी र एस्टोन भिल्ला पनि छन्। यता लेस्टर सिटीले समान ३१ खेलबाट १७ अंक बनाएर पुछारबाट दोस्रो स्थानमा रहेको छ। लेस्टरलाई रेलिगेसनबाट जोगिन सात खेलमा १५ अंक जोड्नुपर्ने हुन्छ।

Logo