नाडाको आयोजनामा आज ‘अटो डायलग’ हुँदै

नाडाको आयोजनामा आज ‘अटो डायलग’ हुँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आज ‘अटो डायलग’ आयोजना गरेको छ ।

ललितपुरको ‘द प्लाजमा आयोजना हुने उक्त डायलगमा अटोमोबाइल क्षेत्रका लागि दिर्घकालिन निती, आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी र दिर्घकालिन विकासका लागि मोबिलिटी गरी कुल तीनवटा सेसनमा विभिन्न क्षेत्रबाट सहभागी विज्ञ पेनालिस्टहरुले छलफल गर्ने आयोजकको भनाई छ ।

छलफलमा काठमाडौं युनिभर्सिटी अन्तर्गतको स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर मनिश पोख्रेल, भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, पार्टनर पायोनियर ल एसोसिएटका अनुपराज उप्रेती र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रोफेसर डाक्टर शिवराज अधिकारी पेनालिष्ट रहेका छन् ।

अटोमोबाइल क्षेत्रको लागि यस डायलगले बलियो र दीर्घकालिन नीति निर्माण गर्न सहयोग पुग्ने आयोजक संस्था नाडाले विश्वास लिएको छ ।

Skip This
Skip This
Logo