निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यकः अध्यक्ष लिङ्देन

निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यकः अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
18
Shares

कीर्तिपुर (काठमाडौँ) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनीतिक व्यवस्था खोजेको बताएका छन् ।

राप्रपाद्वारा आज राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनीतिक समझदारी गर्नु रहेको बताएका हुन्।

उनले यही चैत १५ गते गिरफ्तार भएका आफ्ना पार्टीका नेताहरुको रिहाइ गर्न माग गर्दै भृकुटीमण्डपमा खबरदारी सभा गर्न नदिएकोमा आपत्ति प्रकट गरे। सो पार्टीका निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मुलुकका ठूला भनिएका राजनीतिक दलहरुले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै जनताले त्यसको हिसाब गर्ने बताए ।

पार्टीका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले मुलुकका प्रमुख राजनीतिक दलहरुले पूर्वराजासँग गरेको सम्झौता उल्लङ्घन गरेको आरोप लगाए। पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे।

Logo