तीनकुने घटनाले राजावादी र सुरक्षा निकायलाई सिकाएको पाठ !

तीनकुने घटनाले राजावादी र सुरक्षा निकायलाई सिकाएको पाठ !

केन्द्रबिन्दु
213
Shares

काठमाडौं । मंगलबार राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा खबरदारीसभा ग-यो। चैत १५ गते राजावादीहरुले गरेको विध्वंसात्मक प्रदर्शनपछि राप्रपाले गर्ने खबरदारी सभालाई पनि सोहि अनुसार नै हुन्छ कि भन्ने आंकलन गरिएको थियो । तर तीनकुने उक्त विध्वंसात्मक घटनाले राम्रो पाठ सिकाएको आजको सभामा प्रष्ट देखियो ।

राप्रपाले गरेको आजको खबरदारी सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनदेखि वरिष्ठ नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुको भाषण निकै चर्काे थियो । उनीहरुको भाषण चर्काे भएपनि सभा निकै शान्तपूर्ण थियो । दुर्गा प्रसाईको कमाण्डमा संयुक्त जनआन्दोलन समितिले चैत १५ गते गरेको प्रदर्शनले तीनकुने–काटेश्वरलगायतका क्षेत्रमा रहेका घरहरु क्षतविक्षत बनायो।

त्यती मात्रै हैन, एक टेलिभिजन पत्रकार सुरेश रजकको जलेर र सविन महर्जनको गोली लागेर मृत्यु नै भएको थियो भने सयौं जना घाइते भएका थिए । उक्त प्रदर्शनमा भएका जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने राजावादीहरुको माग छ, तर सरकारले प्रदर्शन गर्नेले नै जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिँदै आइरहेको छ ।

उक्त दिन भएको घटनाले राजावादीहरुलाई मात्रै हैन, वर्तमान सरकारलाई पनि रामै्र पाठ सिकाएको छ । किनभने, राप्रपाले प्रदर्शन गर्न भृकुटीमण्डपमा स्थान दिन माग गरेको थियो तर जिल्ला प्रशासन कार्यालयले अनुमति नै दिएन । खबरदारी सभामा पनि बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । राप्रपाले पनि आफ्नै कार्यकतालाई स्वयंम सेवकका रुपमा खटाइएको थियो ।

तीनकुने घटनापछि सुरक्षा निकायले सिकेको पाठ, लिङदेनले लगाए आरोप
मंगलवार राजसंस्था पुनस्र्थापनाका लागि राप्रपाले गरेको खबरदारी सभामा सुरक्षाकर्मीको निकै बाक्लो उपस्थिति थियो । राजसंस्था पुनस्र्थापनाकै लागि चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनपछि सुरक्षा निकायको चौतर्फी आलोचना भएपछि राप्रपाले गरेको सभामा निकै तयारीका साथ नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

उक्त सभाको सुरक्षाका लागि चौतर्फी नेपाल प्रहरी र सशस्त्र प्रहरीको निकै बाक्लो उपस्थिति थियो । बल्खुमा राप्रपाले गरेको खबरदारी सभामा करिब २ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको थियो । साथै बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने पनि गरिएको थियो । यतिमात्र होइन, प्रदर्शनस्थलको सुरक्षाको लागी काठमाडौं उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइएको थियो ।

सुरक्षाकर्मी निकायको बाक्लो उपस्थिति थियो । सुरक्षाकर्मीमात्रैको उपस्थिति नभएर विश्व मानव अधिकार संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । आजको सभामा प्रहरी तयारीका साथ खटाइएको दृश्य निकै सान्दर्भिक देखिरहेको थियो । खबरदारी निकै शान्तिपूर्ण भएपनि घुसपैठ भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको बताएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री छन । पक्राउ पर्नेहरू कुनै पनि पार्टीमा आबद्ध व्यक्ति नरहेको खुलेको प्रहरी स्रोतले जानकारी गराएको हो । प्रहरीका अनुसार, उनीहरुमाथी सोधपुछ भइरहेको छ । उनीहरुले घुसपैठ नगरेको बताए। अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध समेत नरहेको खुलेको छ ।

यद्यपी अध्यक्ष लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाए थिए । उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन ।

उनले भने, ‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सह–अध्यक्ष पो रहेछ त । हामीले भेटेको खोक्रा, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपायड हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’ उनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि आग्रह गरेका छन ।

राप्रपाले खबरदारीसभा गरेपछि सरसफाई गर्ने काम पनि आफैंले गरेको छ । तीनकुनेलगायतका क्षेत्रमा भएको प्रदर्शनले पु¥याएको क्षति र फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमै जरिवाना पत्र पठाएका थिए । जरिवाना पत्र राजाको निवासमा पठाएको भन्दै बालेनसँग रुष्ट बनेको राप्रपा आफैले सरसफाइ गरेको हो ।

Logo