राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र होः अध्यक्ष नेपाल

राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र होः अध्यक्ष नेपाल

केन्द्रबिन्दु
15
Shares

इटहरी (सुनसरी) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन्।

पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताएका हुन्। अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए। देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उनको आरोप थियो ।

अध्यक्ष नेपालले भने, “कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।” नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै उनले सहिदको योगदानलाई सम्झिन आग्रह गरे। “उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ”, अध्यक्ष नेपालले भने ।

Skip This
Skip This
Logo