हङकङ सिरिजः नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य

हङकङ सिरिजः नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाललाई जितका लागि कतारले मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा आज भएको सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन जोडेको हो । कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । साहजैवले ३१ रन जोडे।

मुजीब-उर-रहमान २० रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एकएक विकेट लिए ।

नेपाल टोली करिब ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहु दिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडीहरुले ५ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् । यो सिरिज नेपाली टोलीलाई कमब्याकको मौका बन्न सक्छ ।

चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

Logo