नेपालले कतारविरुद्ध पावर प्लेमै ८१ रन जोडेपछि…

नेपालले कतारविरुद्ध पावर प्लेमै ८१ रन जोडेपछि…

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा कतारले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको छ ।

पहिलो पावर प्लेको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा ८१ रन बनाएको छ । क्रिजमा ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेल रहेका छन् । उनीहरु विष्फोटिङ ब्याटिङ गर्दै सहज जितको खोजीमा लम्किएका छन् । आशिफले १५ बलमा २९ रन जोडेर खेलिरहेका छन् ।

यसअघि अर्का कुशल भुर्तेलले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भएका छन् ।

हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा आज भएको सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन जोडेको थियाे । कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । साहजैवले ३१ रन जोडे।

मुजीब-उर-रहमान २० रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एकएक विकेट लिए ।

Skip This
Skip This
Logo