रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै रास्वपा मानवअधिकार आयोगमा

रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै रास्वपा मानवअधिकार आयोगमा

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ढोका ढकढक्याउन पुगेको छ ।

सभापति लामिछानेलाई गत शुक्रबार सहकारी ठगी प्रकरणमा प्रहरीले घरको बेडरुममै गएर पक्राउ गरेको भन्दै रास्वपाले बुधबार पुल्चोक हरिहर भवनस्थित राष्ट्रिय मानवअधिकार आयोग पुगेर ध्यानाकर्षण गराएको हो । उनीमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट मानव अधिकार रक्षार्थ आयोगमा निवेदन दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

हाल लामिछाने पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश आएको केही घण्टामै उनी घरबाटै पक्राउ परेका थिए । पक्राउ गर्ने क्रममा प्रहरीले गरेको व्यवहारमाथि निकै आलोचना भएको थियो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो । तर, अहिले फेरि

Skip This
Skip This
Logo