काठमाडौं । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले युरोप घुम्ने अवसर ल्याएको छ । लक्जरी एसयूभी स्काईवेल गाडी ड्राइभ गर्ने र किन्ने ग्राहकहरूलाई युरोप भ्रमणमा लैजाने अवसर ल्याएको हो ।
ग्राहकले ‘स्काईवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई युरोप घुम्ने मौकाको फाइदा लिन सक्ने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नसक्ने छन् । कम्पनीका अनुसार स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई युरोप भ्रमणमा लगिने छ ।
यो योजनाअन्तर्गत स्काईवेलका जुनसुकै एसयूभी खरिदकर्ता जाेडीले युरोपमै गएर स्काईवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यति मात्र नभई सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुनसक्ने छन् ।यसका लागि आफूले स्काईवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरी ह्यासट्याग टेस्ट ड्राइभ स्काईवेल ह्यासट्याग ‘स्काईवेल ड्राइभ नेपाल टु युरोप’लेखे पुग्ने बताइएको छ ।
यसरी टेस्ट ड्राइभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला र १ पुरुष टेस्ट ड्राइभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राइभको मौका प्राप्त गर्नेसक्ने कम्पनीले बताएको छ । स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो । जसको विक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काईलेलको विई ११-४१० किमी ७९ लाख ९० हजार र विई ११– ५२० किमी ८९ लाख ९० हजार रुपैयाँ पर्ने बताइएको छ ।
स्काईवेलका यी दुवै मोडल फुल साईज एसयूभी हुन् । १९० एमएम ग्राउण्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयूभीमा उपलब्ध लक्जरीका कारण बिजनेस क्लास एसयूभी भनेर चिनिँदै आएको छ । युरोपियन बजारमा निकै लोकप्रिय ब्राण्डको रूपमा स्थापित भइसकेको स्काईवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिङ् समेत प्राप्त गर्न सफल भइसकेको छ । चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट स्काईवेल हो ।
आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काईवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र रियल ईभी एसयूभी रहेको बताइएको छ । काठमाडौं बाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काईवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको छ ।
हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाइनिज ईभी विरलै पाइने गेलालको भनाई छ । स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरू सञ्चालन ल्याइसकेको छ ।































प्रतिक्रिया