देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

राष्ट्रिय परिचयपत्र वितरणदेखि निर्वस्त्र आत्महत्यासम्म

राष्ट्रिय परिचयपत्र वितरणदेखि निर्वस्त्र आत्महत्यासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति बनिन् १०१ वर्षीया भगवती भण्डारी

 

सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम आज सोमवारदेखि शुरू गरेको छ । पाँचथरको फिदिममा आयोजित राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ राष्ट्रिय समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १ सय १ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रम शुरू गरे । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरूआत गरिएको छ ।

 

३६५ अधिकृतसामु मन्त्री लालबाबुको आक्रोश- ‘देश नचिन्ने तर विदेश चिन्ने !’

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् ।मन्त्री पण्डितले ‘कर्म एकातिर चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरेका हुन् । उनले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई कामै नभएको पनि स्पष्ट पार्नु भयो । सोमबार ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराए ।

 

के सुधा केसीले ब्रा र पेन्टी मात्र लगाएर आत्महत्या गरिन् त ?

 

बिहान कलेज जान भनेर गएकी छोरी केही समयमा रुखमा झुण्डिएको फेला परिन् । पनौती नगरपालिका–५ की २१ वर्षीया सुधा केसी सोमबार बिहान ५ बजे कलेज जान भनेर घरबाट निस्किएकी थिईन् । तर उनी ७ बजे त रुखमा झुण्डिएको अवस्थामा फेला परिन् । आमा र सानीमाले आज कलेज नजाउँ भन्दा भन्दै आफ्नै ढिपीले हिडेकी सुधा ब्रा र पेन्टी मात्र लगाएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

 

अस्थायी शिक्षकको परीक्षा दिएकाहरुको शंका, ‘नतिजा प्रकाशनमा चलखेल’

 गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशनमा ढिलाई प्रति अस्थायी शिक्षकहरुले आशंका व्यक्त गरेका छन् । दशैं अघि नै प्रकाशन गर्ने भनिएको नतिजा अझैसम्म पनि प्रकाशित नहुँदा उनीहरुले आशंका व्यक्त गरेका हुन् । दशैं अघि नै नतिजा प्रकाशित गर्ने बताएको शिक्षक सेवा आयोगले भाका सार्दै आएको छ । जसका कारण परीक्षा दिएकाहरु अन्यौलमा परेका छन् ।

 

डा. गोविन्द केसी अस्पताल भर्ना

 

डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् । डा. केसी  सोमबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी भर्ना भएका हुन् ।

 

फोहोरमैला व्यवस्थापनको काममा अवरोध गर्ने कर्मचारीलाई कडा कारबाही (भिडियोसहित)

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । सोमबार काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ ४० लाख भन्दाबढि मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पु¥याउने जोकोहीलाई पनि कार्वाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए ।

 

प्रकाशको सम्झनामा आमा सीतालाई कसैले सम्हाल्न नसकेपछि…

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र साकार दाहालको निधन भएका आज एक वर्ष । गत मंसिर ३ गते प्रचण्डका दाहिने हात प्रकाश एकाएक यो संसार छोडेर गए । प्रकाशको सम्झनामा सोमवार स्व. प्रकाशको प्रथम स्मृति दिवसको आयोजना गरियो । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड निवास खुमलटारमा आयोजित स्मृति दिवसमा दाहाल परिवारका सबै सदस्य सहभागी । उनीहरु सवै भावुक थिए । हुन त कार्यक्रममा आएका सबै भावुक नै थिए । तर दाहाल परिवार निकै पीडामा थियो ।

 

नेपालमै पहिलो पटक ‘क्यासलेस इन्स्योरेन्स’ सम्झौता

शिखर इन्सुरेन्स कम्पनी र नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रडिङ्ग प्रालिबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ । सम्झौता अनुसार टाटा कम्पनिका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले नजिकैको सिप्रदी ट्रडिङ्गको सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सकिनेछ । शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजमा आयोजित एक कार्यक्रममा इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र सिप्रदी ट्रडिङ्ग प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरे ।

 

एक महिनापछि नेकपाको सचिवालय बैठक यही हप्ता

झण्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । 

 

कोरम नपुगेर अर्थसमितिको बैठक स्थगित

तिनिधिसभा अन्तर्गतको  अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक स्थगित गरिएको छ।  सांसद सदस्यको न्यूनतम उपस्थित सङ्ख्या (कोरम) नपुगेपछि बैठक स्थगन भएको हो  । पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो । 

 

दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक

 

‘फैसला कार्यान्वयन बर्ष २०७५/७६’ घोषणा (भिडियोसहित)

 

११ देशका १८० भू -वैज्ञानीकहरु नेपालमा

 

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सरकारको निर्देशन

 

पत्रकार खसोग्गीको दुःखबारे सुन्न सक्दिन भन्दै ट्रम्पले…..

 

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo