विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब पुग्यो, १४ महिनासम्म सामान आयात गर्न पुग्ने

विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब पुग्यो, १४ महिनासम्म सामान आयात गर्न पुग्ने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना अर्थात् फागुनसम्ममा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार उक्त प्रतिशतले वृद्धि हुँदा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय २०८१ फागुन मसान्तमा २४ खर्ब बढी पुगेको राष्ट्र बैंकले बताएको छ । यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा उक्त प्रतिशतले वृद्धि भएर १७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

बैंकमा रहेको सञ्चिति २०८१ फागुन मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी मुद्रा सञ्चिति २०८१ असार मसान्तमा १९ खर्ब २ अर्ब ५५ करोड रुपैयाँ थियो । तर, २०८१ फागुन मसान्तमा ४४.९ प्रतिशतले वृद्धि भई यस्तो सञ्चिति २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ ।

२०८१ फागुन मसान्तको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ । चाल आर्थिक आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन् । असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

Skip This
Skip This
Logo