राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति बनिन् १०१ वर्षीया भगवती भण्डारी

राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति बनिन् १०१ वर्षीया भगवती भण्डारी

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम आज सोमवारदेखि शुरू गरेको छ ।

पाँचथरको फिदिममा आयोजित राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ राष्ट्रिय समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १ सय १ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रम शुरू गरे । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरूआत गरिएको छ ।

पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण संकलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । सरकारले आगामी ३ वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ ।

Logo