डर्टमन्डमाथि बार्सिलोनाको एकपक्षीय जित

डर्टमन्डमाथि बार्सिलोनाको एकपक्षीय जित

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा जर्मन प्रतिद्वन्दी बोरुसिया डर्टमन्डमाथि शानदार जित निकालेको छ । गएराति भएको पहिलो लेगमा बार्सिलोनाले डर्टमन्डलाई ४–० ले स्तब्ध पारेको हो ।

बार्सिलोनाको एकपक्षीय जितमा रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरे । राफिन्हा र लामिन यमलले समान एक गोल थपे । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

यो फराकिलो जितसँगै बार्सिलोनाको सेसिफाइनल सम्भावना बलियो बनेको छ । अब यी दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा डर्टमन्डको मैदानमा हुनेछ ।

Logo