पीएसजीले एस्टन भिल्लालाई हरायो

पीएसजीले एस्टन भिल्लालाई हरायो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा एस्टन भिल्लामाथि सहज जित दर्ता गरेको छ । गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु टोली पीएसजीले एस्टन भिल्लालाई ३-१ गोलअन्तरले हराएको हो ।

मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेनन् । बरु उल्टै लगातार ३ गोल व्यहोर्न बाध्य बन्यो । पीएसजीको जितमा डेसाइर डोइ, खभिचा काभारत्स्खेलिया र नुनो मेन्डेसले गोल गरे ।

अब यी दुई टिमबीचको दोस्रो लेग एस्टन भिल्लाको मैदानमा अप्रिल १६ मा हुनेछ ।

Logo