काठमाडौँ

दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । "/>

तिब्बत जोड्ने दार्चुला – बझाङ सडक निर्माण एकदमै सुस्त

तिब्बत जोड्ने दार्चुला – बझाङ सडक निर्माण एकदमै सुस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ । अहिलेसम्म यो सडकको ४० किलोमिटर मात्रै ट्र्याक खोलिएको छ ।

त्यस्तै २०६८ सालदेखि नेपाल सरकारको सडक विभागले चाँडै सक्नेगरी निर्माण थालेको बझाङ सदरमुकाम चैनपुरदेखि उरै भन्ज्याङ नाका (ताक्लाकोट) सम्मको एक सय १७ किलोमिटर सडक खण्ड पनि सुस्तै छ । २०६८ अघि ड्रिलिपले सदरमुकाम चैनपुरदेखि रुपातोलासम्मको १८ किलोमिटर ट्र्याक खोलिसके पनि त्यसपछि जिम्मा लिएको सडक विभागले आठ वर्षमा रुपातोलादेखि क्रिकिट्टेसम्म १२ किलोमिटर मात्रै ट्र्याक खोलेको छ ।

ड्रिलिपले हात झिकेपछि सडक विभागले जिम्मा लिएको सात वर्ष भइसकेको छ । यस अवधिमा सरकारले १२ किलोमिटर मात्रै ट्र्याक खोलेको तलकोट गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी खत्रीले बताइन् । उनले भनिन्, ‘कहिले बजेट अभाव त कहिले ठेकेदारको मनपरीका कारण सडक निर्माण सुस्त गतिमा छ ।’ आफूले पटकपटक ठेकेदार कम्पनी र सडक योजनासँग द्रुत गतिमा काम गर्न आग्रह गरे पनि नसुनेझैं गरेको उनले बताइन् ।
नागरिकबाट

Skip This
Skip This
Logo