काठमाडौँ

नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र माथि छानबिन सुरु गरेको छ । "/>

७ हजार जना सैन्य अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

७ हजार जना सैन्य अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र माथि छानबिन सुरु गरेको छ । सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।

सेवा प्रवेश तथा बढुवाका क्रममा अधिकृतहरूले पेश गरेका सबै शैक्षिक प्रमाणपत्र माथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन् । प्रधानसेनापति थापाको निर्देशन पछि सैनिक मुख्यालयले जंगी अड्डा सहित देशभर रहेका पृतना, वाहिनी, शिक्षालय, गण, गुल्म लगायत सबै युनिटमा कार्यरत अधिकृत तहका कर्मचारीको माध्यमिक तथा उच्च शिक्षासँग सम्वन्धित कागजात छानबिन प्रक्रिया अघि बढाएको हो ।

सैनिक सचिवका तर्फबाट कात्तिक १९ गते गरिएको सर्कुलरमा कात्तिक २९ गतेभित्र शैक्षिक योग्यता र तालिम सम्बन्धी कागजात पेश गर्न भनिएकोमा अधिकांशले समयभित्रै विवरण बुझाइसकेका छन् ।

करिब ९७ हजार फौज कार्यरत सेनामा अधिकृत तहको संख्या ६ देखि ८ हजार सम्म छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले अधिकृत तहका सबै सैनिकको शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा रहेको स्पष्ट पारे ।
कारोबारबाट

Skip This
Skip This
Logo