काठमाडौं
इ–प्लानेट एजुकेशनले आयोजना गरेको एक दिने अष्ट्रेलीयन युनिभर्सिटिज फेयर आज काठमाण्डौ स्थित बागबजारमा सम्पन्न भएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलीया जान चाहाने नेपाली विद्यार्थीरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शैक्षिक मेला काठमाण्डौको बागबजारमा सम्पन्न भएको हो । नेपालबाट अष्ट्रेलीया जाने नेपाली विद्यार्थीहरु धेरै भएकोले गर्दा अब जाने नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलीया जाँदा पर्ने बिभिन्न समस्याहरुको समाधान जानु पुर्व नै निमिट्याउनु पर्छ भन्ने मुख्य लक्ष्यका साथ यो मेलाको आयोजना गरिएको हो ।
उक्त शैक्षिक मेला बिहान १० बजेबाट सुरु गरिएको भएपनि बुझ्न आउने विद्यार्थीहरुको चहलपहल बिहान ९ बजे देखि नै उल्लेख्य मात्रामा रहेको थियो । नेपालका अन्य शहरमा इ–प्लानेटले शैक्षिक मेला धेरै गरेको भएपनि काठमाण्डौमा भने यो पहिलो पटक हो । यस संस्थाले अष्ट्रेलीया जान चाहाने नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अष्ट्रेलीया पठाउने काम गर्छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया