बबरमहल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बबरमहल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । काठमाडौंमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नंको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Logo