काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलले नयाँ वर्ष २०८२ को सुरुवातमा ‘नयाँ वर्ष, नयाँ दृष्टिकोण’ उपहार योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत तीन–तीन जना गरी जम्मा ६ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
क्रिएक्स्टिना रोक्का इटालीमा उत्पादित यूरोपियन सौन्दर्य ब्रान्ड हो भने एन्हर्ब नेचुरल भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो ।
जसअन्तर्गत क्रिएक्स्टिना रोक्काले उच्च गुणस्तरीय, क्रिस्टिना रोक्का लिपस्टिक, क्रिस्टिना रोक्का लिप ग्लस, क्रिस्टिना रोक्का भोल्युम मस्कारा, क्रिस्टिना रोक्का लम्बाइ गर्ने मस्कारा, क्रिस्टिना रोक्का लिप ओएल लगायतका प्रोडकहरु उत्पादन गर्दछ भने एन्हर्ब नेचुरलले एन्हर्ब सन क्रिम एसपीएफ ५०, एन्हर्ब आफ्टर सन क्लिन्जर, एन्हर्ब आफ्टर सन रिकभरी जेल, एन्हर्ब फेस मास्क, एन्हर्ब फेस स्क्रब जस्ता ब्यूटी प्रोडकहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षणलाई ध्यानमा राख्दै, यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिने कम्पनीले जनाएको छ ।
यस उपहार योजनामा सहभागि हुन इच्छुकहरुले क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलको फेसबुक पेज वा इन्स्टाग्राम पेजलाई लाइक, फलो गर्नुपर्ने हुन्छ ।
साथै, क्रिएक्स्टिना रोक्का र एन्हर्बको फेसबुक वा इन्स्टाग्राममा पोस्ट गरिएको पोस्टलाई स्टोरीमा सेयर गरी ४ जना साथीलाई ट्याग गर्नुपर्ने हुन्छ, जसले सौन्दर्य सामग्री मन पराउँछन् । विजेताको छनोट योजना समाप्ती पश्चात लक्की–ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया