काठमाडौं । नेपाल एपिएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौं हलचोकस्थित नेपाल एपिएफ क्लबको कृष्णमोहन स्मृति भवनमा गृहमन्त्री रमेश लेखकको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले अवार्डको माध्यमबाट खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै, राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पु¥याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वहरूको कदर तथा सम्मान गर्ने उद्देश्य आफूहरुको रहेको बताए । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर रहने उनको भनाइ छ ।
जनही ५० हजारको नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’को उपाधी र सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
५ हजारको नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मद सेखु आलमलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’ को उपाधी सहित सम्मान पत्र हस्तान्तरण गरे ।
त्यसैगरी २५ हजार नगद पुरस्कारसहित महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ को उपाधी सहित सम्मान पत्र हस्तान्तरण गरिएको छ । ‘एपिएफ महिन्द्रा टिम अफ द यियर २०८१’ उपाधी सहित रू. ५० हजार नगद पुरस्कारबाट एपिएफ महिला फुटबल टिम सम्मानित भएको छ ।
‘एपिएफ कोच अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ कोच अफ द यियर २०८१ – महिला’को अवार्ड र जनही नगद रू. २५ हजार पुरस्कारबाट क्रमश फुटबल प्रशिक्षक जिवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गा देवी अधिकारी सम्मानित भएका छन् । ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – महिला’को अवार्डसहित जनही रू. २५ हजार नगद पुरस्कारबाट अवार्डबाट क्रमश यु–१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।































प्रतिक्रिया