एजेन्सी । आफ्नो जीवनसाथीसँग कुनै कारण सम्बन्ध विच्छेद हुँदा सबैलाई दुःख नै लाग्छ । त्यसमा पति पत्नी नै दुःखी हुनु स्वभाविक हो । तर अमेरिकाकी एक महिलाले भने पतिसँग सम्बन्ध विच्छेदपछि खुशीयालीमा पार्टी नै दिएकी छन् ।
१४ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गर्दै ४३ वर्षकी बर्ली सेन्टलिवेन स्टिटेलरले त्यसको खुशीयालीमा पार्टी नै दिएकी हुन् । उक्त पार्टीमा उनका घरपरिवार, साथीभाई तथा आफन्तहरु सहभागी भए ।
अर्को रोचक कुरा त जब उनले पार्टीको आयोजना गरिन्, त्यसमा विवाहको ड्रेस नै जलाईदिईन् । आफ्नो विवाहबाट उनी निकै नै दुःखी थिईन् । जब सम्बन्ध विच्छेद गरियो उनी एकदमै खुशी भईन र पार्टी नै दिईन् । पार्टीमा वैवाहिक ड्रेस नै जलाउने आईडिया उनका बाबुले दिएका थिए ।































प्रतिक्रिया