कुवेतविरुद्ध लगातार विकेट पतन हुँदा दबाबमा नेपाल

कुवेतविरुद्ध लगातार विकेट पतन हुँदा दबाबमा नेपाल

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । हङकङमा चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि जारी फाइनल खेलमा कुवेतविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा कुवेतले जितका लागि दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले लगातार विकेट गुमाएको हो । २.५ ओभरमा ओपनर कुशल भुर्तेल ३ रन बनाएर आउट भएपछि ३.१ र ३.२ ओभरमा नेपालले लगातार थप विकेट गुमायो । अनुदिप चन्दमाराको पहिलो बलमा अर्का ओपनर आशिफ शेख २१ रन बनाएर आउट हुँदा कुशल मल्ल शून्यमै पवेलियन फर्किए ।

त्यसपछि दीपेन्द्रसिंह ऐरी पनि ४ बल खेलेर शून्यमै आउट भएका छन् । हाल क्रिजमा कप्तान रोहितकुमार पौडेल र बसिर अहमद रहेका छन् ।

Logo