बुटवल

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दसैंको पूर्वसन्ध्यामा दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा प्रदेश ५ को राजधानी दाङ नै हुने दाबी गरे । "/>

नेताको तानातानमा अल्झियो स्थायी राजधानी र नामांकनको विषय : प्रदेश नं. ५

नेताको तानातानमा अल्झियो स्थायी राजधानी र नामांकनको विषय : प्रदेश नं. ५

केन्द्रबिन्दु
0
Shares

बुटवल

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दसैंको पूर्वसन्ध्यामा दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा प्रदेश ५ को राजधानी दाङ नै हुने दाबी गरे । बर्दिया देखि परासीसम्मको केन्द्र पर्ने भएकाले दाङको विकल्प नभएको उनको भनाइ थियो । महराले तुलसीपुरमा बोलेको केही दिनपछि कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले बुटवलमा एक कार्यक्रममा कुनै पनि शक्तिले प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न नसक्ने ठोकुवा गरे ।

प्रदेश सरकार र संसद स्थापना भएको ९ महिना भयो । यो अवधिमा प्रदेशको स्थायी राजधानीको विषयलाई लिएर मुख्य पार्टीका ठूला नेताबीच यस्तो जुहारी निरन्तर चलिरहेको छ । आठौं प्रदेश बनाएर भए पनि दाङलाई राजधानी बनाउने अभिव्यक्ति दिँदै आएका दाङ क्षेत्र न २ बाट निर्वाचित सभामुख महराले प्रदेशबाट मुख्यमन्त्री शंकर पोखरेलले र केन्द्रबाट आफूले कूटनीतिक पहल गर्ने भनाइ त्यसअघि दाङकै एक कार्यक्रममा राखेका थिए ।

तत्कालीन देउवा सरकारका पालामा बुटवललाई अस्थायी राजधानी तोक्न मुख्य भूमिका खेलेका कांग्रेस नेता बालकृष्ण खाँण र नेकपाका महासचिव विष्णु पौडेलले पनि सुरुदेखि नै बुटवललाई स्थायी राजधानी बन्नाउने दाबी गर्दै आइरहेका छन् । निर्वाचनका बेला बुटवल र दाङलाई प्रदेश राजधानीको मुख्य अजेन्डा बनाएका नेकपा र कांग्रेसका प्रतिनिधि र प्रदेश सांसद तथा प्रभावशाली नेताबीच राजधानीका विषयमा अहिले जुंगाको लडाइँ चलिरहेको छ ।

सहमति वा प्रदेशसभाको दुईतिहाइ बहुमतबाट स्थायी राजधानी र नाम टुंग्याउन सक्ने संवैधानिक व्यवस्था छ । यो प्रदेशमा नेकपाको स्पष्ट बहुमत पनि छ । कुल ८७ सांसदमध्ये ६१ जना सत्तारुढ नेकपाका सांसद छन् । कांग्रेसका १९, फोरमका ५ राष्ट्रिय जनमोर्चा र राजपाका १÷१ जना छन् । तर सत्तासीन दलभित्रै ठूला नेतादेखि प्रदेश सांसदहरू क्षेत्रगत रूपमा विभाजित छन् । उनीहरू जनतालाई सहमतिमा ल्याउन भूमिका खेल्नुको साटो राजधानीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर लबिङमा लागेकै कारण यो विषय झन् पेचिलो बनेको छ ।

त्यसको ज्वलन्त उदाहरण हो, प्रदेशको नाम र स्थायी राजधानीबारे अध्ययन गर्न बनेको विशेष समिति । स्थायी राजधानी दाङ कि बुटवल भन्ने विषयमा नेकपाकै सांसद र ठूला नेताबीचको टकरावले यो समितिले निर्धारित तीन महिना सम्म सिन्को भाँच्न सकेन । समितिको संयोजकमा नेकपाबाट रुकुम र रूपन्देहीका दुईजना सांसद आकांक्षी देखिए । तर पार्टी नेतृत्वले तिनलाई मिलाउने प्रयास अहिलेसम्म गरेको छैन ।
नागरिकबाट

Logo