बारा
घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले शुक्रवार एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार सुदामा हजराले कलैयाका एक व्यापारीसँग घुस रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलार्इ पक्राउ गरेको हो ।
भारतबाट आयात हुने पान मसलाको कारोवार सहज बनाइदिने भन्दै १ लाख रुपैयाँ घुस मागेको र व्यवसायीले घुस वापतको रकम कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित देवकीलाल धर्मशालामा शुक्रवार अपरान्ह साढे ४ बजे बुझाउने क्रममा प्रहरी हवल्दार हजरालाई पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत तिर्थराज उपाध्यायले जानकारी दिए ।
नगद सहित पक्राउ परेका हजरालाई थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंङ्गालमा पठाउने अधिकृत उपाध्यायले बताए ।
नागरिकबाट































प्रतिक्रिया