ब्रिटिस कलाकार डेभीड होकनीले बनाएको चित्रकला बिहिवार न्युयोर्क स्थित क्रिस्टीजमा ९० मिलियन डलर बढी मूल्यमा बिक्री भएको छ । यो काम एक जीवित कलाकारहरुको लागि नयाँ लिलामी रेकर्ड हो ।
एक कलाकारको पोट्रेट (दुई आकृति भएको पौडी खेल्ने ठाउँ) ले ८० मिलियन डलर ल्याउने भविष्यवाणी गरिएको थियो । यो चित्र टेलिफोनमा दुई प्रतिद्धन्दीद्धारा १० मिनेटमा गरिएको मोमोलाईपछि बिक्रि भएको थियो ।
डेभीड होकनीको चित्रकलाले क्रिस्टीजमा २०१३ मा भएको अमेरिकी चित्रकार जेफ कोन्सको चित्रकला ‘बेलुन डग’ को ५८.४ मिलियन डलरको रेकर्ड तोडेको हो । जब ग्राहकको प्रिमियम र कमीशनको साथ अन्तिम मूल्य ९०.३ मिलियन डलरमा पुगेपछि, न्यूयोर्कमा भरिएको बिक्री कक्षमा तालीले गुनजायमान भएको थियो । तर क्रिस्टीजले बिक्रेता र मोलको लागि बोली लगाउने दुबैको नाम खुलाएनन् ।
होकनीको यो काम १९७२ मा चित्रित गरिएको थियो । क्रिस्टीजले यो चित्रलाई ‘आधुनिक युगको महान कृति’ को रुपमा वर्णन गरेका छन् । यस वर्षको सुरुमा ८१ वर्षको अर्को चित्रहरु २८.५ मिलियन डलरमा बिक्री भएको थियो, जुन कलाकारको लागि एक व्यक्तिगत लिलामी रेकर्ड हो ।





























प्रतिक्रिया