काठमाडौं । भारतको नयाँ दिल्लीमा इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलाले ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान पाउने भएका छन् ।
दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेइकल पोलिसी २.०’को मस्यौदाअनुसार ड्राइभिङ लाइसेन्स भएका पहिलो १० हजार महिलाहरूले यो सुविधा पाउने पाएका हुन् ।
प्रस्तावित नीति अनुसार महिलाले विद्युतीय स्कुटर खरिदमा प्रतिकिलो आवर १२ हजार भारुका दरले अधिकतम ३६ हजार रुपैयाँसम्म अनुदान पाउने छन् । अर्थात् ३ किलोवाट आवर ब्याट्री क्षमताको स्कुटर खरिदमा अनुदान पाउने भएका हुन् ।
यद्यपी सरकारको यो प्रस्ताव अहिले विधाराधीन छ ।





























प्रतिक्रिया