एजेन्सी । तपाई श्रीमतीले गल्ती गर्दा कस्तो सजाय दिनुहुन्छ ? उनलाई गाली गर्ने, सम्झाउने वा एक दुई झापड हान्ने । यो हरकोही श्रीमानले गर्ने गर्दछन् । "/>

गल्ती गर्ने श्रीमतीलाई एक महिनासम्म सम्भोगमा बन्देज

गल्ती गर्ने श्रीमतीलाई एक महिनासम्म सम्भोगमा बन्देज

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । तपाई श्रीमतीले गल्ती गर्दा कस्तो सजाय दिनुहुन्छ ? उनलाई गाली गर्ने, सम्झाउने वा एक दुई झापड हान्ने । यो हरकोही श्रीमानले गर्ने गर्दछन् । तर रुसमा भने एक श्रीमान गल्ती गर्ने श्रीमतीलाई एक महिनासम्म सम्भोग गर्न बन्देज लगाईदैं आएका छन् ।

अब्लास्ट क्षेत्रका इभान सुखोभ गल्ती गर्ने श्रीमतीलाई यस्तो अनौठो सजाय दिँदै आएका हुन् । ३४ वर्षका इभानका ३ श्रीमती छन् । उनको सपना भनेको धेरैभन्दा धेरै श्रीमतीहरु बनाउने हो । कम्तीमा ५० जना बच्चा जन्माउने उनको चाहना छ । रुसी कानून अनुसार उनकी केवल एक पत्नी छिन् । अन्य दुई चाहिँ आपसी सहमतिमा उनीसँग बस्दै आएका छन् ।

अनौठो लक्ष्य बोकेका सुखोभ आफ्ना पत्नीहरुले गल्ती गर्दा एक महिना सम्भोगमा बन्देज लगाउँदै आएका छन् । जुन पत्नीले गल्ती गर्छन् ती पत्नीलाई सजायस्वरुप उनले एक महिनासम्म उनीसँग सम्भोग गर्दैनन् ।

सुखोभ ९ जना बालबच्चाका बाउ हुन् । पहिलो पत्नीबाट ६ बच्चा जन्मिएका छन् भने दोस्रीबाट ३ बच्चा । तेस्रीबाट अहिलेसम्म बच्चा जन्मिएका छैनन् । दोस्री पत्नी फेरि गर्भवती छिन् ।

उनीहरु तीनवटा कोठा भएको फ्ल्याटमा बस्छ । लोग्नेको छुट्टै कोठा छ । हरेक रात उनी एक पत्नीसँग बिताउँछन् । पत्नीहरुलाई एक, दुई र तीन नम्बरको नाम दिएका छन् । तीनमध्ये हरेक रात पालैपालो एकजना लोग्नेको कोठामा गएर रात बिताउँछन् ।

गल्ती गर्ने पत्नीले एक महिनासम्म लोग्नेसँग सुत्न पाउँदैनन् । लोग्नको यस्तो सजायको शैली पत्नीहरुले पचाइसकेका छन् । त्यसैले गल्तीको सजायस्वरुप सहवासबाट बञ्चित हुन नपरोस् भनेर उनीहरु सचेत हुन्छन् ।

Skip This
Skip This
Logo