काठमाडौं । ब्ल्याक प्लस डेकरले नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ ।
यस योजनाअन्तर्गत, ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन् । साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिने कम्पनीले जनाएकाे छ ।
यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याकंडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो ।
११५ वर्ष लामो इतिहास बोकेको ब्राण्ड ब्ल्याक डेकर संयुक्त राज्य अमेरिकाको नम्बर वान ब्राण्ड मानिन्छ । ब्ल्याक डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन् ।
यस योजना सिजी इलोक्ट्रोनिक्सद्वारा प्रस्तुत गरिएको हो, जो नेपालमा ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरणहरूको एकमात्र वितरक हो ।





























प्रतिक्रिया