काठमाडौं । नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डमा टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । लामो समयदेखि कुनै प्रतियोगिता खेल्न नपाएको नेपाली महिला क्रिकेट टिमले थाइल्याण्ड क्रिकेट संघ (क्याट) ले अर्को वर्ष आयोजना गर्न लागेको 'थाइल्याण्ड महिला टी-२० स्मास' खेल्ने भएको हो । "/>

नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डमा टी-२० क्रिकेट प्रतियोगिता खेल्ने

नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डमा टी-२० क्रिकेट प्रतियोगिता खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डमा टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । लामो समयदेखि कुनै प्रतियोगिता खेल्न नपाएको नेपाली महिला क्रिकेट टिमले थाइल्याण्ड क्रिकेट संघ (क्याट) ले अर्को वर्ष आयोजना गर्न लागेको ‘थाइल्याण्ड महिला टी-२० स्मास’ खेल्ने भएको हो ।
१० टोलीको सहभागिता रहने प्रतियोगिता सन् २०१९ को जनवरी ८ देखि १७ तारिखसम्म हुनेछ।

अफ्रिकन राष्ट्र नामिवियासहित एसियाको ८ देशका ९ टिम रहनेछन्। आयोजक थाइल्याण्डको सिनियर टिम र ए टिम रहनेछ। यसबाहेक प्रतियोगितामा नेपालसँगै भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, युएइ र म्यानमारले प्रतिस्पर्धा गर्नेछ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसँगै युएइ, नामिविया, मलेसिया र थाइल्याण्डको ए टिम छन्। यस्तै समूह बी मा आयोजक थाइल्याण्ड, हङकङ, भुटान, म्यानमार र इन्डोनेसिया छन्।

नेपालले पहिलो खेल जनवरी १२ मा नामिवियासँग खेल्नेछ। यस्तै दोस्रो खेलमा मलेसियासँग १३ जनवरीमा, तेस्रो खेल १४ तारिखमा युएइ र चौथो खेल १६ तारिखमा थाइल्याण्ड ए टिमसँग खेल्नेछ।

दुवै समुहको शीर्ष दुईमा रहने टिमले सेमिफाइलन प्रवेश गर्नेछन्। नेपाली राष्ट्रिय महिला टिमकी कप्तान रुबिना क्षेत्रीले यस प्रतियोगिताको लागि चाँडै नै क्याम्प सुरु गरिने जनाएकी छन् ।

Logo