पर्वत सेवा समाज नेपालले फलेबास नगरपालिका ११ पाङराङ कर्नाश प्राथमिक विद्यालयमा शैक्षिक सामग्री र विद्यालय पोशाक बितरण गरेको छ। "/>

पर्वत सेवा समाजद्वारा सहयोग

पर्वत सेवा समाजद्वारा सहयोग

केन्द्रबिन्दु
0
Shares

पर्वत सेवा समाज नेपालले फलेबास नगरपालिका ११ पाङराङ कर्नाश प्राथमिक विद्यालयमा शैक्षिक सामग्री र विद्यालय पोशाक बितरण गरेको छ। बिद्यालयमा अध्यन गर्ने सम्पुर्ण विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको हो ।

पर्बत सेबा समाजकी अध्यक्ष मुना भुषालको अध्यक्षतामा भएको कार्यक्रममा अतिथी पर्बत सेवा समाजका सचिब थमनारायण पौडेल, फलेवास नगरपालीका वडा नं ११ का वडा सदस्य तथा कर्नाश प्राबि सुलिकोटका अध्यक्ष टेक बहादुर पाठक, टोल सुधार समितिका अध्यक्ष भोजराज उप्रेती, कर्नास प्राबी बिद्यालय ब्याबस्थापन समितिका पुर्ब अध्यक्ष क्षेत्र बहादुर पाठक लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुना भुषालले सरकारी विद्यालय र निजी विद्यालय विचको भिन्नता हटाई समान शैक्षिक गुणस्तर कायम हुनेगरी जनशक्ति उत्पादन गर्नुपर्ने कुरा बताइन । भौगोलीक रुपमा पिछडीएको पर्वत जिल्लामा गरीब तथा जेहेन्दार विद्यार्थी लाई सहयोग गर्ने उद्देश्य लिएर पर्वत समाज अगाडी बढीरहेको बताउदै अध्यक्ष भुषालले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोग गर्दै जाने बताइन ।

कार्यक्रममा स्वागत मन्तब्य शिक्षक मिन प्रसाद शर्माले राखेका थिए भने धन्यवाद मन्तब्य बिद्यालय प्र अ राम प्रसाद गौतमले राखेका थिए । कार्यक्रमको संचालन नेबि संघ विद्यार्थी नेता सन्तोष पाठकले गरेका थिए ।

Skip This
Skip This
Logo