कांग्रेसका प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

कांग्रेसका प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले दशैँ भत्तावापत पाउने ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट एक लाख चार हजार ४०० हस्तान्तरण गरे।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेकी छिन् ।

Logo