सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी समुदायका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी समुदायका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशस्थित बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीले ‘बादी सरोकार मञ्च नेपाल’लाई चामल, दाल, तेल लगायत अत्यावश्यक खाद्य सामग्री प्रदान गरेको हो।

उक्त सहयोग सामग्री कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल र प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्काले कार्यालयका अन्य अधिकारीहरूको उपस्थितिमा बादी सरोकार मञ्च नेपालका सञ्चालक हिक्मत बादीलाई हस्तान्तरण गरेका थिए । कम्पनीले उपलब्ध गराएको खाद्यान्नले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा टेवा पुग्ने विश्वास लिइएको छ।

नेपालको सीमान्तकृत र सामाजिक–आर्थिक रूपले कमजोर समुदायको रूपमा रहेको बादी समुदायका महिला, बालबालिका तथा परिवारलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले हिक्मत बादीले ‘बादी सरोकार मञ्च नेपाल’ सञ्चालन गर्दै आइरहेका छन्। हाल यो संस्थाले १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण र शिक्षा प्रदान गरिरहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सको यस सहयोगले बादी सरोकार मञ्च नेपालको सञ्चालनमा केही हदसम्म भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Logo