काठमाडौँ
श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको छ ।
पेन्सन योजना २०७६ साल साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिकहरूको हकमा लागू हुनेछ । रोजगारदातालाई योगदानकर्ता सूचीकृतका लागि राूचना जारी गरिसकिएको छ ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मस्यौदाले अन्तिम रूप पाउन लागेको र मंसिरभित्र सार्वजनिक गरिने बताए । उनले भने, ‘काम गर्ने उमेरमा श्रम गरेर राज्यका लागि योगदान गरेकाहरूको कदरस्वरुप वृद्धा अवस्था सुरक्षा योजनाका लागि नीति बनाइएको हो ।’ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा श्रम ऐन, २०७४ अनुसार सामाजिक सुरक्षा योजना कार्यविधिको मस्यौदा तयार पारिएको अधिकारीले बताए ।
यता योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू गर्न भने सजिलो छैन । कार्यविधिको मस्यौदा तयार गर्ने क्रममा ट्रेड युनियन, रोजगारदाता र सरकारका प्रतिनिधि समेत बसेर त्रिपक्षीय सहमतिबाट निष्कर्षमा पुगिएको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए । श्रमिक संघ संगठन र रोजगारदाता समेतलाई चित्त बुझाउन निकै कसरत गरिएको बुझिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया