उद्यमशिलता नै अर्थतन्त्रको आधार हुनसक्छः पर्यटनमन्त्री पाण्डे

उद्यमशिलता नै अर्थतन्त्रको आधार हुनसक्छः पर्यटनमन्त्री पाण्डे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत रहेको बताएका छन् ।

डिजिटल युगमा नेपाली पर्यटनमा महिलाहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति भनेको अभौतिक वा अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक विषय भएको बताएका हुन् ।

उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत छ । संस्कृति भनेको अभौतिक अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक हो । साथै नागरिक उड्डयन क्षेत्र आकाशमा प्लेन उड्नु विज्ञानका लागि अत्यन्त उपलब्धिको उत्कर्ष हो । यस बीचमा पर्यटन, संस्कृति, प्रकृतिको क्षेत्र धेरै नै गम्भिरताका साथ बुझ्ने कोशिस गरेको छु ।’

यसैगरी उनले धैर्यताले सुन्न सकियो भने मात्र आफूले हरेक कुरा ग्रहण गर्न सकिने बताए । उनले काम गर्दैगर्दा चुनौती र सम्भावनाहरु सँगसँगै देखिने समेत बताए ।

उनले भने, ‘धैर्यताले सुन्न सकियो भने मात्र आफूले हरेक कुरा ग्रहण गर्न सकिन्छ । काम गर्दै जाँदा चुनौति र सम्भावनाहरु सँगसँगै देखिने कुराहरु हुन् । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने अहिले विदेश पलायन भइरहेको सन्दर्भमा संख्यात्मक दृष्टिकोणले पनि गाउँमा तुलनात्मक रुपमा महिलाको संख्या धेरै भएकाले उद्मशिलता नै अर्थतन्त्रको आधार हुनसक्छ ।’

Skip This
Skip This
Logo