राजस्थानमाथि लखनउको रोमाञ्चक जित

राजस्थानमाथि लखनउको रोमाञ्चक जित

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समाथि रोमाञ्चक दर्ता गरेको छ । गएराति भएको खेलमा लखनउले राजस्थानलाई उसकै मैदानमा २ रनले स्तब्ध पारेको हो ।

लखनउले जितका लागि दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रनमै समेटियो । राजस्थानका लागि ओपनर यस्शवी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गरे, तर जित दिलाउन भने सकेनन् ।

जैसवालले ५२ बल खेल्दै ५ चौका र ४ छक्का सहित ७४ रनको पारी खेले। यस्तै, सूर्यवंशीले २० बलमा २ चौका र ३ छक्का गर्दै ३४ रन जोडे । उनी आईपीएलमा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनी हाल १३ वर्षका मात्रै भए ।

कप्तान रायन परागले ३९ रन जोडे।

बलिङमा लखनउका आभेश खानले ३ विकेट लिए भने श्रादुल ठाकुर र एडन मार्क्रमले एक एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनउले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएकोख थियो । माक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुष बाडोनीले ३४ बलमा ५ चौका र १ छक्का साथ ५० रन जोडे।

अब्दुल सामदले १० बलमा ४ छक्कासहित नटआउट ३० रन‌ बनाए भने निकोलस पुरनले ११ रन जोडे ।

बलिङमा वानिन्डु हसरंगाले २ विकेट लिँदा जोफ्रा आर्चर, सन्दीप शर्मा, तुसार देशपाण्डेले समान १ विकेट लिए।

जितसँगै १० अंक बनाएको लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। राजस्थान भने छैटौं हार व्यहोर्दै ४ अंक सहित लिगको आठौं स्थानमा रहेको छ।

Logo