काठमाडौं । म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा सिटीले एभर्टनलाई २-० गोलअन्तरले पराजित गरेको हो । निको ओ’रेली र माटियो कोभासिकले समान एकएक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।
यो जितसँगै ३३ खेलबाट म्यानचेस्टर सिटीले ५८ अंक बनाएको छ । शीर्ष स्थानमा भने लिभरपुल ७६ अंकसहित यथावत छ । यता समान खेलबाट ३८ अंक बटुलेको एभर्टन १३औँ स्थानमा छ ।





























प्रतिक्रिया