पर्सा । भरुवा बन्दुक पड्किँदा १३ वर्षीय बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा ३ स्थित बडीनिहार टोलमा बन्दुक पड्केर १३ वर्षीया आर्यन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बन्दुक पड्कििएर आर्यनको मृत्यु भएपछि उनका मामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी मामाघर गएका बेला बन्दुक पड्किएको हो । बिहान प्रेसर कुकर पड्केर मृत्यु भएको भनिएको थियो ।
अनुसन्धान गर्दै जाँदा बन्दुक पड्किएको पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए । घटना शंकास्पद रहेकोले अनुसन्धान भईरहेको एसपी ढकालले बताए । बालक घरबाट नजिकै रहेको मामाघर किन गए भन्नेबारे खुल्न सकेको छैन।





























प्रतिक्रिया