गण्डकी प्रदेश स्काउटको दीक्षान्त समारोह सम्पन्न

गण्डकी प्रदेश स्काउटको दीक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक पृथ्वी सुब्बा गुरूङ तथा सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट नरदेवी पुन मगरको उपस्थितिमा नवनियुक्त गण्डकी प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोह भव्यताका सम्पन्न भएको छ ।

प्रदेश राजधानी पोखरामा आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक मुख्य मन्त्री तथा प्रदेश प्रमुख स्काउटलाई स्काउटको दीक्षा प्रदान गरेका थिए । नवनियुक्त प्रदेश स्काउट सल्लाहकारका साथै प्रदेश स्काउटका संयोजक तथा सदस्यहरूलाई प्रमुख स्काउटले स्काउट दीक्षासँगै पद तथा गोपनीयताको सपथ गराएका थिए ।

कार्यक्रममा सभापतित्व ग्रहण गर्दै राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटको अग्रगामी परिवर्तनलाई अब कसैले रोक्न नसक्ने तथा नवगठित प्रदेश तदर्थ समितिले सबै स्काउटहरूको आवाज सम्बोधन गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । आफ्नो मन्तव्यको क्रममा प्रदेश सांसद राजिव पहारीले गण्डकी प्रदेशको हालको नेतृत्व सबै हिसाबले अब्बल रहेको र आगामी दिनमा पनि उत्कृष्ट रहने विस्वास व्यक्त गरे । माननीय प्रमुख स्काउट नरदेवी पुनले आफू बाल्यकालमा स्काउट रहेको स्मरण गर्दै प्रदेशका सबै विद्यालयमा स्काउट शिक्षा पुर्याउन आफू प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक पृथ्वी सुब्बा गुरूङले गण्डकी प्रदेशलाई अब स्काउटिङ्ग अभियान मा १ नम्बर बनाएरै छोड्ने बताउँदै अब प्रदेशका सबै बालबालिका र युवाहरू सम्म स्काउटिङ्ग अभियानलाई विस्तार गर्न प्रदेश स्काउटले सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्तव्यकै क्रममा मुख्यमन्त्रीले प्रदेश स्काउट संचालनको लागि यस आर्थिक बर्षमा ५० लाख अनुदान रकम बिनियोजन गरिएको समेत जानकारी गराए ।

नेपाल स्काउटले युवा नेतृत्व आशीर्वाद सुवेदीको संयोजकत्वमा गत कार्तिक ०६ गते १५ सदस्यिय प्रदेश स्काउट तदर्थ समिति गठन गरेको थियो ।

Skip This
Skip This
Logo