काठमाडौँ
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– १७ सय रुपैयाँ । काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको छ । त्यहाँ कोही बस्दैन ।
प्रधानमन्त्री केपी ओलीले उनको घरलाई संग्रहालय बनाउने घोषणा पनि गरिसकेका छन् । तर बिजुली र खानेपानीको बिल अहिले पनि उनकै नाममा आउँछ । उनको ग्राहक नम्बर ००३.०६.२०२५ रहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।
देवकोटाको घरमा बत्ती भने बल्दैन । बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र घर भताभुंग भइसकेको छ । दशकौँ बित्दा पनि उनको परिवारले विद्युत ग्राहक नम्बर नामसारी गरेको छैन । घरमा कोही नबस्दा पनि बिजुलीको बिल उठेकोमा परिवार दिक्क भएको छ । ‘बत्ती बल्दैन तर प्राधिकरणले हरेक महिना महसुल बिल पठाउने गरेको छ’, महाकविकी माइली छोरी अम्बिका रिमालले भनिन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया