काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा पञ्जाब सुपर किंग्सलाई पराजित गरेको छ । आज भएको खेलमा बेङ्गलोरले पञ्जाबलाई ७ विकेटले हराएको हो ।
पञ्जाबले दिएको १५८ रनको लक्ष्य आरसिबीले १८.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । विराट कोहलीले ५४ बलमा सात चौका र एक छक्कासहित ७३ रन प्रहार गरे । साथै देवदत्त पाडिक्कलले ३५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ६१ रनको पारी खेले ।
बलिङतर्फ पञ्जाबका लागि युजवेन्द्र चहल, अर्शदीप सिंह र हरप्रीत ब्रारले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको थियो । प्रभसिमरन सिंहले सर्वाधिक ३३ रन जोडे भने शशांक सिंहले अविजित ३१ रनको योगदान दिए । जोश इङ्लिसले २९ तथा प्रियान्स आर्याले २२ रन जोडे ।
बलिङतर्फ बेङ्गलोरका लागि कृणाल पाण्ड्या र सुयश शर्माले समान दुई/दुई विकेट लिए ।
यो जितसँगै बेङ्गलोर ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । यता पञ्जाब भने चौथो स्थानमा झरेको छ । उसको पनि १० अंक नै छ ।





























प्रतिक्रिया