काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ।
सोमबार बिहान फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको हो । घटनामा चालक दुर्गा भट्टराईसहित चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताइएको छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।





























प्रतिक्रिया