काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाएपछि उनकी श्रीमती निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । उक्त रिटमा आज सुनुवाइ हुन लागेको हो ।
तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।





























प्रतिक्रिया