दक्षिण एशिया क्षेत्रमा क्याम्ब्रिजकाे पहलमार्फत शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै

दक्षिण एशिया क्षेत्रमा क्याम्ब्रिजकाे पहलमार्फत शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेशनल एजुकेशन समूहले आफ्नो दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ ।

भारत, नेपाल, श्रीलङ्का, भुटान, बङ्गलादेश र मालदिभ्सका ४०० भन्दा बढी शिक्षक, विद्यालय नेतृत्वकर्ता तथा शैक्षिक विश्लेषकहरूको सहभागिता रहेको उक्त सम्मेलनले तीव्र परिवर्तन भइरहेको शिक्षाको परिदृश्यमा सहजीकरणको लागि क्याम्ब्रिजको प्रतिबद्धता पुनः पुष्टि गरेकाे छ।

सन् २०३० सम्ममा विश्वभर ४४ मिलियन नयाँ शिक्षकहरूको आवश्यकता पर्ने आङ्कलनसँगै, क्याम्ब्रिजले दक्ष शिक्षकमूलक कार्यक्रम, सेवा–पूर्व शिक्षक तालिम, सर्ट–टर्म अनलाइन पाठ्यक्रम तथा सीप अभिवृद्धि तालिममार्फत क्षेत्रीय शैक्षिक क्षमताको विकास गर्न निरन्तर प्रयासरत रहेको प्रतिबद्धता जनाएको हो।

सम्मेलनको उद्घाटनमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन समूहका प्रबन्ध निर्देशक रोड स्मिथले दक्षिण एसियाका विद्यालय नेताहरूले क्याम्ब्रिजसँग मिलेर पाठ्यक्रम निर्माण, स्रोतसामग्री विकास, र नवीन कार्यक्रमहरू सुरु गर्न गरेको सहकार्यको प्रशंसा गर्दै भने, “क्याम्ब्रिजमा हामी सिक्नेहरूलाई द्रुत रूपमा परिवर्तन हुँदै गएको संसारका लागि तयार पार्न प्रतिबद्ध छौँ । यस उद्देश्यलाई साकार पार्न हामी शिक्षकहरूलाई व्यावसायिक विकासमार्फत सहयोग गरिरहेका छौँ, मूल्याङ्कन प्रणालीलाई अगाडि बढाउन डिजिटल परीक्षा ल्याइरहेका छौँ, र सिकाइ प्रक्रियामा सुधार ल्याउन एआई समावेश गरिरहेका छौँ । दक्षिण एसिया शिक्षा क्षेत्रको एक उत्कृष्ट केन्द्र बन्दै गएको छ, र हामी यस क्षेत्र र त्यसपारिको भविष्यलाई आकार दिन सक्ने ‘क्याम्ब्रिज अर्ली इयर्स’ र ‘क्लाइमेट क्वेस्ट’ जस्ता कार्यक्रमहरूमार्फत विद्यालयहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरिरहेका छौँ ।”

इन्टरनेशनल एजुकेशन, साउथ एसियाका वरिष्ठ उपाध्यक्ष विनय शर्माले भने, “उच्च गुणस्तर कायम राख्दै अन्तर्राष्ट्रिय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता दृढ छ। हामी विद्यालयहरूलाई शिक्षण, सिकाइ र मूल्याङ्कनको बलियो आधार निर्माण गर्न सक्षम बनाइरहेका छौँ । यस सम्मेलनमार्फत, हामी प्रविधि, समाज र अर्थतन्त्रमा तीव्र परिवर्तन भइरहेको यो युगमा विद्यार्थीहरूलाई केवल अनुकूलन गर्न मात्र होइन, उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाउने नयाँ तरिकाहरू खोज्ने लक्ष्य राखिरहेका छौँ — र त्यो सहकार्यका माध्यमबाट सम्भव छ भन्नेमा हामी विश्वास गर्छौँ ।”

भारतमा क्याम्ब्रिजका अन्य प्रमुख पहलहरूमा विद्यार्थीहरूको लागि जलवायु प्रतिरोधात्मकता निर्माण गर्न सहयोग पुर्‍याउने क्लाइमेट क्वेस्ट, राष्ट्रिय उच्चस्तरीय परीक्षा आवश्यकताहरूलाई सम्बोधन गर्ने क्याम्ब्रिज कनेक्ट, स्थानीय प्रवेश आवश्यकता अनुसार तालमेल राख्ने मार्च परीक्षा सिरिज, अङ्ग्रेजीलाई एक सीपको रूपमा विकसित गर्न मद्दत गर्ने इंटिग्रेटेड लर्निङ एण्ड एसेस्मेन्ट, र उद्यमिता सोचलाई प्रोत्साहित गर्ने यंग पायनियर्स समावेश रहेका छन् ।

सम्मेलनका विभिन्न छलफल सत्रहरूमा क्याम्ब्रिज विश्वविद्यालयका एजुकेशन फ्याकल्टी प्रोफेसर मार्क विन्टरबटम, अन्तराष्ट्रिय शिक्षाका अनुसन्धान प्रमुख साराह ह्यूजेस, गूगल फर एजुकेशन भारत प्रमुख संजय जैन,शिक्षा संकायको डिजिटल प्रोडक्ट तथा सेवाका निर्देशक लिण्डसे नाडिन, एजुकेशन फ्याकल्टी डा. सू ब्रिन्डली, क्याम्ब्रिज ३–१९ पाठ्यक्रम निर्देशक अबिगेल बार्नेट, कुपाको सीनियर प्रभाव मूल्याङ्कनकर्ता आयनुर कराकोच र इन्टरनेशनल एजुकेशनका युनिभर्सिटी पाथवेज र प्रोग्रेसन निर्देशक केभिन एबेनेजर लगायत विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा दक्षिण एशियाबाट अघि सारिएका मुख्य पहलहरूमध्ये जलवायु प्रतिरोधात्मकताका लागि ‘क्लाइमेट क्वेस्ट’, राष्ट्रिय उच्चस्तरीय परीक्षाहरूका लागि ‘क्याम्ब्रिज कनेक्ट’, स्थानीय आवश्यकता अनुसारको ‘मार्च परीक्षा शृंखला’, अंग्रेजी सीप विकासका लागि ‘इंटिग्रेटेड लर्निङ एण्ड एसेस्मेन्ट’, र उद्यमशील सोच विकासका लागि ‘यंग पायनियर्स’ लाई विशेष रूपमा प्रकाश पारिएको थियो।

कार्यक्रममा कक्षा शिक्षणमा एआईको प्रयोग, डिजिटल उच्चस्तरीय परीक्षा प्रणाली, र भविष्यका करियर मार्गहरू, कक्षा कोठामा माइन्डफुलनेसको विकास, बदलिँदो करियर पथहरूका लागि कलेज तयारीबारे पुनर्विचार, र गुणस्तरीय शिक्षामा समान पहुँच जस्ता विषयहरूमा पनि गहिरो छलफल भएको थियो। सम्मेलनको क्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यालयहरूलाई ‘क्याम्ब्रिज स्कुल रेकग्निसन अवार्ड’ मार्फत सम्मानित गरिएको थियो।

Logo