काठमाडौं । सुजुकीले आफ्नो बहुप्रतीक्षित पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटाराको ब्याट्रीमा आकर्षक वारेन्टी योजना सार्वजनिक गरेको छ।
कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ई–भिटाराको ब्याट्रीमा १० वर्षको वारेन्टी दिने घोषणा गरेको हो। यो घोषणासँगै ईभी बजारमा सुजुकीले बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।
ई–भिटारामा लिथियम–फेरो–फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जुन सुरक्षित र टिकाउ मानिन्छ । यो एसयूभी ४९ र ६१ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार ४९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३४६ किलोमिटर र ६१ किलोवाट आवरको ब्याट्रीले ४२८ किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ।
यद्यपि, अन्तर्राष्ट्रिय बजारका लागि घोषणा गरिएको यो १० वर्षे ब्याट्री वारेन्टी भारतीय ग्राहकहरूका लागि पनि लागू हुन्छ कि हुँदैन भन्ने विषय अझै अनिर्णित छ। भारत सुजुकीको लागि एक महत्वपूर्ण बजार भएकोले यहाँको नीति कस्तो हुने हो भन्नेमा धेरैको चासो रहेको छ।
पावरट्रेनको कुरा गर्दा, ई–भिटाराको ४९ किलोवाट आवर ब्याट्री प्याकमा १४२ बिएचपी पावर र १९२.५ एनएम टर्क जेनेरेट गर्ने सिंगल मोटर दिइएको छ। त्यस्तै, ६१ किलोवाट आवरको भेरिएन्ट सिंगल र डुअल मोटर अप्सनमा उपलब्ध हुनेछ। सिंगल मोटर भेरिएन्टले १७२ बिएचपी पावर दिन्छ भने अल ह्विल ड्राइभ भेरिएन्टले १८१ बिएचपी पावर र ३०० एनएम टर्क प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।
भारत मोबिलिटी एक्सपो–२०२५ मा सार्वजनिक गरिएको ई–भिटारा यसै वर्षको अन्त्यतिर भारतीय बजारमा लन्च हुने अनुमान गरिएको छ।































प्रतिक्रिया