शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा, आज बोर्ड बैठक बस्दै

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा, आज बोर्ड बैठक बस्दै

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । यही वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण प्रभावित हुने देखिएपछि आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले यसअघि नै कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेका छन्। शिक्षकहरूको यो अडानका कारण निर्धारित समयमा परीक्षा सञ्चालन हुनेमा अन्योल सिर्जना भएको छ।

आजको बोर्ड बैठकले शिक्षकहरूको माग र परीक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपयुक्त निर्णय लिने अपेक्षा गरिएको छ। परीक्षाको नयाँ मिति तय गर्ने वा अन्य विकल्पमा छलफल हुने सम्भावना रहेको छ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण ठप्प छ भने कक्षा १२ को परीक्षा हुने हो या होइन निश्चित छैन ।

Logo