टीभीएस एक्सचेन्ज मेनियाः पुरानोसँग नयाँ बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

टीभीएस एक्सचेन्ज मेनियाः पुरानोसँग नयाँ बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर टीभीएसका नयाँ सवारी खरिद गर्न सकिने भएको हो । 

काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै आयोजना हुने यो ‘एक्सचेन्ज मेनिया’ वैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने होस वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गरी नयाँ सवारी दिनेछ । 

कम्पनीका अनुसार पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन गरिने छ । साथै ,जस्तोसुकै कन्डिसनको बाइक तथा स्कुटरमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन गरी थप छुट र विशेष अफरहरू उपलब्ध गराइने कम्पनीको भनाई छ । 

विशेष मोडलहरूमा ० प्रतिशत ब्याजदरमा फाइनान्सको समेत सुविधा रहेको जगदम्बा मोर्टसले जनाएको छ । कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, र फ्रि एक्सेसरिज अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायतका सुविधा पाउनेछन् । 

त्यसैगरी, टीभीएसले आफ्ना सवारीहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था समेत गरेको छ । नयाँ दुई पाङ्ग्रे सवारी खरिद गर्नेहरू लागि सुनौलो अवसरको रूपमा हेरिएको यो एक्सचेन्ज कार्यक्रममा उल्लेखिय ग्राहकको सहभागिता हुने अपेक्षा कम्पनीले लिएको छ ।

Skip This
Skip This
Logo